फ्रान्समा अनुमति विना बाहिर निस्केमा नेपाल र भारतमा जस्तो नागरिकले सुरक्षा अधिकारीको कुटपीट र दुव्यवहार भोग्नु पर्देन । तर उनीहरुले हाँसीहाँसी सजाय भने गराउछन् । पहिलो पटक लकडाउन उलंघन गर्नेलाई १३५, दोस्रो पटक १५०० यूरो तिराइन्छ । यो क्रम चौथो वा पाँचौ पटकसम्म दोहोरिदै गएमा पाँच हजार यूरो जरिवाना र छ महिनासम्म जेल सजाय हुन सक्छ । फ्रान्समा अहिलेसम्म झण्डै चार लाख बढीले माथि उल्लेखित विभिन्न खालका सजाय भोगिसकेको तथ्यांक छ ।